राष्ट्रपति कार्यालयदेखि संसद भवनसम्म स्वदेशी वस्तुमात्र प्रयोग गर्न सांसद डाँगीको माग

काठमाडाैं | चैत १९, २०७९

राष्ट्रपति कार्यालयदेखि संसद भवनसम्म स्वदेशी वस्तुमात्र प्रयोग गर्न सांसद डाँगीको माग

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन्।

 

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेकी हुन्।

 

ती ठाउँमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो।

 

उनले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो भनी सरकारलाई प्रश्न समेत गरिन्।

 

‘आन्तरिक उत्पादन बढाउन राज्यले के-कस्तो नीति बनाएको छ? ती कुराहरू अंकमा देखिने गरी किन लागू भएनन्? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन, छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमा नै बनेको हो?,’ उनले भनिन्।

 

सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराइन्।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्